काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।
आज दिउँसो ३ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिए पनि तत्कालै प्रस्ताव आउनसक्ने स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सहमति शीर्ष तहमै बनिसकेकाले मन्त्रिपरिषद्ले निर्णय गर्ने स्रोतले जनाएको छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्री सहितका मन्त्रीले यसबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरिसकेका छन् ।
सभामुख सापकोटाको विरोध गर्दै संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।