शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 3.3K
    SHARES

  • देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

    काठमाडौं - लामो प्रयासपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गर्ने टुंगो लागेको छ ।

    स्कटल्यान्डको ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप) मा देउवा र मोदीबीच भेटवार्ता हुने भएको हो ।

    प–२६ कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा कात्तिक १३ गते गएर १७ गते स्वदेश फर्कने छन् । मोदीसँगको भेटकै लागि प्रधानमन्त्री कोप सम्मेलनमा जान लागेको स्रोतले बतायो ।

    केपी ओलीलाई विस्थापित गरी देउवा प्रधानमन्त्री हुँदा पनि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् । एक महिनापछि संसदबाट विश्वासको मत लिएपछि मात्र मोदीले देउवालाई फोन गरेर बधाई दिए ।

    तर, पछिल्लो समय देउवा र भारत सरकारबीच सम्बन्ध प्रगाढ बन्दै गएको छ । केही दिनअघि मात्र कांग्रेसका तीन नेता डा.प्रकाशशरण महत, उदयशमशेर राणा र अजय चौरसिया भारत भ्रमणमा गएर फर्केका थिए ।

    भ्रमणमा कांग्रेसको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख चौथाइवाले र प्रचार विभागका पदाधिकारीहरूसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।

    भारतीय जनता पार्टीका नेताहरू पनि नेपाल भ्रमणमा आउने गरेका छन् । त्यसले पनि देउवा र मोदीबीच सम्बन्ध सुधार हुँदै गएको हो । स्कटल्यान्डबाट फर्केको केही समयभित्रै भारतले प्रधानमन्त्री देउवालाई औपचारिक भ्रमणको निमन्त्रणा दिने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend