शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस महाधिवेशन सर्‍यो, निर्वाचन समितिले तोक्यो नयाँ मिति 

कांग्रेस महाधिवेशन सर्‍यो, निर्वाचन समितिले तोक्यो नयाँ मिति 

  • मिडिया डबली
  • बुधवार, कार्तिक १० २०७८

  • 5.3K
    SHARES

  • कांग्रेस महाधिवेशन सर्‍यो, निर्वाचन समितिले तोक्यो नयाँ मिति 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको छ ।

    आज बुधबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले पार्टी महाधिवेशन सार्ने गरी नयाँ मिति प्रस्ताव गरेको छ ।

    कांग्रेसको महाधिवेशन मंसिर २७–३० गतेसम्म गर्ने गरी प्रस्ताव गरिएको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।

    निर्वाचन समितिले तोकेको नयाँ मिति कार्यान्वयन गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने समितिले जनाएको छ ।

    यसअघि पार्टी केन्द्रीय कार्यसमितिले मंसिर ९–१३ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय भएको थियो । क्रियाशील सदस्यता विवादसँगै कार्यतालिका प्रभावित हुँदै आएका कारण महाधिवेशन समेत पर सरेको हो ।

    महाधिवेशनको नयाँ मितिसँगै तल्लो तहका अधिवेशनको कार्यतालिका पनि हेरफेर हुने भएका छन् । हिजो मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस पदाधिकारी बैठकले तल्लो तहको अधिवेशन छिटो गर्न र समय नपुग्ने भएमा महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्न निर्वाचन समितिलाई निर्देशन दिएपछि समितिले नयाँ मिति प्रस्ताव गरेको छ ।

    मंगलबारको बैठकमा सहभागी भएका कतिपय नेताहरुले महाधिवेशन सार्नुपर्ने भएमा निर्णय गर्नको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग समेत गरेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend