शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सुर्खेतमा तरुण दलका हरि विष्टले देखाए प्रभाव, युवासंघका नेताहरू कांग्रेसमा प्रवेश

सुर्खेतमा तरुण दलका हरि विष्टले देखाए प्रभाव, युवासंघका नेताहरू कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 5.7K
    SHARES

  • सुर्खेतमा तरुण दलका हरि विष्टले देखाए प्रभाव, युवासंघका नेताहरू कांग्रेसमा प्रवेश

    काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका सुर्खेत जिल्ला अध्यक्ष हरि विष्टले प्रभाव देखाएका छन् ।

    अध्यक्ष विष्टको पहलमा एमालेको भातृ संगठन युवासंघ नेपालका लोकप्रिय नेता गोकुल रानासहित १०० भन्दा बढी नेता–कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराइएको छ ।

    आज मंगलवार वीरेन्द्रनगरमा आयोजित पार्टी प्रवृश कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले एमाले र राप्रपाका नेता कार्यकर्तालाई कांग्रेस पार्टीमा प्रवेश गराएका छन् ।

    कांग्रेसमा प्रवेश गरेका युवा संघका नेता गोकुल राना स्थानीय स्तरमा लोकप्रिय नेता मानिने गरेका छन् । नवप्रवेशी राप्रपाका नेता शितल नेपाली समेत सुर्खेतमा लोकप्रिय रहेका छन् ।

    सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ भेरीगंगा नगरपालिका–१० मा एमालेको वडा अधिवेशन भइरहेका बेला एमालेका लोकप्रिय नेता कार्यकर्ताहरु पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका अध्यक्ष विष्टले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend