शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस अधिवेशन बीचमै अचानक किन स्थगित भयो ?

कांग्रेस अधिवेशन बीचमै अचानक किन स्थगित भयो ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक ८ २०७८

  • 5.4K
    SHARES

  • कांग्रेस अधिवेशन बीचमै अचानक किन स्थगित भयो ?

    काठमाडौं - यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता चुपचाप छन् । दशैंअघिसम्म कांग्रेसमा महाधिवेशनको उत्साह थियो ।

    नेताहरूबीच आ–आफ्नो समूहलाई जिताउन भेटघाट र भेला हुने गर्थे । तर, अहिले आएर कांग्रेसमा सुनसान छ । कांग्रेसको महाधिवेशन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले समेत यसबारे केही बोलेको छैन ।

    अझै पनि रौतहट र रसुवा जिल्लामा क्रियाशील विवाद टुंगिन बाँकी छ । वडा र पालिका अधिवेशन हुन बाँकी रहेकामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलाली गरी १३ जिल्ला बाँकी छन् ।

    ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालीकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

    वडा र पालिका तहको अधिवेशन भइसकेका ५१ जिल्लामा दशैं र तिहारको बीचमा जिल्ला अधिवेशन गर्ने सहमति भएको थियो । तर, अहिले कांग्रेसको संस्थापन र इतर पक्ष जिल्ला अधिवेशन गर्ने विषयमा बोल्नै चाहेको छैन । दुवै पक्षलाई आफ्नो प्रभाव कमजोर हुँदै गएको आभास भएको छ ।

    कांग्रेसका तल्ला तहका अधिवेशनबाट युवा पुस्ता नेतृत्वमा आउन थालेको देखिएको छ । महाधिवेशन प्रतिनिधिमा पनि युवा पुस्ताकै वर्चस्व देखिने भएकाले पनि कांग्रेसको शीर्ष नेताहरू केन्द्रीय महाधिवेशन निर्धारित मितिमै गर्न डराइरहेका छन् ।

    कांग्रेसका युवा नेता गगन थापा, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरू मात्र निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।

    संस्थापन र पौडेल समूह अझै पनि मंसिरमै महाधिवेशन गराउन उद्यत देखिएको छैन । सभापति शेरबहादुर देउवा सकेसम्म पुस अन्तिम नभए माघमा महाधिवेशन सार्ने पक्षमा देखिएका छन् ।

    सोही कारण पनि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले तल्ला तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गर्न चाहिरहेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend