शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस महाधिवेशनलाई लिएर प्रधानमन्त्री देउवा फेरि ज्योतिषको शरणमा

कांग्रेस महाधिवेशनलाई लिएर प्रधानमन्त्री देउवा फेरि ज्योतिषको शरणमा

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 5.5K
    SHARES

  • कांग्रेस महाधिवेशनलाई लिएर प्रधानमन्त्री देउवा फेरि ज्योतिषको शरणमा

    काठमाडौं - केही समययता नेपाली कांग्रेसको १४औं महािधवेशनसँग सम्बन्धित गतिविधि ठप्प छ । कार्यतालिकाअनुसार अब कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक महिना मात्र बाँकी छ ।

    मंसिर ९–१३ सम्म कांग्रेसको १४औं महाधिवेशनको मिति तोकिएको छ । तर, अझै १३ वटा जिल्लामा वडा र पालिका तहको अधिवेशन हुन सकेको छैन ।

    एक निर्वाचन क्षेत्र र हिमाली जिल्लामध्ये १४ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकीदेखि वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशन पनि यो एक महिनामा सम्पन्न हुनेमा कांग्रेसका कोही पनि विश्वस्त छैनन् ।

    सोही कारण अहिले कांग्रेसको महाधिवेशन पर सार्ने भित्री खेल सुरु भएको छ । केही अघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन एक महिना पर सार्न पदाधिकारी बैठकमा प्रस्ताव गरिसकेका छन् ।

    तर, त्यसबारे कुनै छलफल भएको छैन । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनमा खड्काले सो प्रस्ताव पदाधिकारी बैठकमा पेस गरेका हुन् । देउवा ज्योतिषीको कुरा निकै सुन्छन् । ज्योतिषीले भनेअनुसार नै आफ्ना गतिविधि अघि बढाउँछन् ।

    सोही कारण ज्योतिष अंगीरस न्यौपानेको सल्लाह देउवाले मानेका हुन् । न्यौपानेले मंसिरमा महाधिवेशन भए सभापतिमा पराजित हुने सम्भावना अधिक भएकाले एक महिना पर सार्न सल्लाह दिइएको छ ।

    देउवाले ज्योतिषी न्यौपाने र सुरेशचन्द्र रिजालको कुरा सुन्ने गरेका छन् । देउवा दोस्रोपटक सभापतिमा आउन चाहिरहेका छन् । यदि सभापति नै हारियो भने भविष्यमा प्रधानमन्त्री बन्न नसक्ने भएकाले कांग्रेसको महाधिवेशन अन्तिम पुस वा माध पहिलो साता सार्ने तयारी भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend