शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसबाट निर्वाचित पालिका उपाध्यक्षको निधन, जिल्ला सभापतिलाई पत्नीशोक

कांग्रेसबाट निर्वाचित पालिका उपाध्यक्षको निधन, जिल्ला सभापतिलाई पत्नीशोक

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेसबाट निर्वाचित पालिका उपाध्यक्षको निधन, जिल्ला सभापतिलाई पत्नीशोक

    काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ ।

    उपाध्यक्ष लामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाकी पत्नी समेत हुन् । मीराको निधनले पार्टी सभापति लामालाई पत्नीशोक परेको छ ।

    मन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाज्यूको अर्धाङ्गिनी एवं ईन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना !’

    दिवंगत भएकी ५१ वर्षीया लामा ब्लड क्यान्सरबाट पीडित रहेकी गाउँपालिकाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend