काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा राजसंस्था विनाको प्रजातन्त्र उपयुक्त नहुने अभिव्यक्ति दिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छटपटी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए ।
भट्टराईले शाहले भ्रमको खेती गरेको भन्दै चुपचाप गणतन्त्र स्वीकार्न चेतावनी दिएका छन् ।
‘राजसंस्था विनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिङ सहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ भट्टराईले ट्वीट गरेका छन्, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’
पूर्वराजा शाहले दशैंको शुभकामनाको भिडियो सन्देशमा प्रजातन्त्रविना राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।