काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रोल्पा नगरपालिका–६ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घाँी रेटेर हत्या भएको छ ।
घरभित्रै घाँटी काटिएको अवस्थामा बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
घरमा एक्लै रहेका बुढाले बिहान ११ बजेसम्म ढोका नखोलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा शव फेला परेको सुवेदीले बताएका छन् ।
घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुर सहितको टोली बोलाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ ।
मृतक बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता रहेका नेपाली कांग्रेस रोल्पाका कार्यबाहक सभापति किशोरकुमार आचार्यले बताएका छन् ।
गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । उनकी पत्नकिो केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरू वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएको थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।