काठमाडौं – सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाइसकेपछि पनि गण्डकी प्रदेश सरकारमा कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन् ।
प्रदेश सरकारका नवनियुक्त मन्त्री विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार साँझ विश्वकर्माले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विना विभागीय मन्त्रीको शपथ लिएका छन् । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रीबाट नाम काटिएका विश्वकर्माले आईतबार पोखरा पुगेका पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेपछि मन्त्रीको नियुक्ति पाएका छन् ।

देउवाको निर्देशनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई सोमबार मन्त्री नियुक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।