काठमाडौं – नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका कूलप्रसाद केसीले आज आईतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारमा नेकपा एमाले छाडेर माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री वलीलाई स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनाइएको छ ।
आईतबारै सत्तारुढ दल नेपाली कांग्रेसबाट नवनियुक्त ५ मन्त्रीसहित गठबन्धनका अन्य मन्त्रीले लुम्बिनी प्रदेश सरकारमा सहभागिता जनाउँदै शपथ लिएका छन् । आज आईतबार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् ।
यसअघि माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालको गठबन्धनको सरकार बनिसकेको छ ।
लुम्बिनी प्रदेशमा १३ मन्त्रालय रहेकोमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो ।
यी हुन् आज शपथ लिनेहरु –
नेपाली कांग्रेसबाट –
१. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री – वीरबहादुर राना (पाल्पा),
२. वन, वातावरण तथा भूसंरक्षण मन्त्री – सुरेन्द्र हमाल (बाँके),
३. शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री – बसिउद्दिन खाँ (रुपन्देही),
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री –अर्जुनकुमार श्रेष्ठ,
५. पर्यटन राज्यमन्त्री – रिना नेपाल विक
नेकपा माओवादी केन्द्रबाट –
१. स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री – इन्द्रजित थारु (दाङ),
२. स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री – विमला खत्री वली (दाङ),
३. आन्तरिक मामिला तथा सञ्चारमन्त्री – तिलकराम शर्मा (बर्दिया) ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।