शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानमन्त्री देउवाले आज पोखराबाट गर्दैछन् यस्तो घोषणा

प्रधानमन्त्री देउवाले आज पोखराबाट गर्दैछन् यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 4.4K
    SHARES

  • प्रधानमन्त्री देउवाले आज पोखराबाट गर्दैछन् यस्तो घोषणा

    काठमाडौं – गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने कार्यक्रमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्ने भएका छन् ।

    आईतबार पोखरामा विशेष समारोहका साथ साक्षर प्रदेश घोषणा गरिँदैछ ।

    बिहान साढे १० बजे पोखरा पुगेर प्रधानमन्त्री देउवाले नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा निर्माण गरिएको साक्षर स्तम्भको उद्घाटन गर्ने कार्यक्रम छ ।

    गण्डकी प्रदेशको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको छ । तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर रहेका छन् भने सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशत नागरिक मात्रै साक्षर भएका जनाइएको छ ।

    मुस्ताङमा ९६.३५%, स्याङ्जामा ९६.१६%, कास्कीमा ९६%, तनहुँमा ९६.४%, बागलुङमा ९६.५७%, मनाङमा ९६.९%, गोरखामा ९७.२%, म्याग्दीमा ९६.२७% र पर्वतमा ९६.९३% नागरिक साक्षर भएका प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुवँरले जानकारी दिए ।

    गण्डकीमा मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको थियो । विक्रम संवत् २०७१ असार ३१ गते मुस्ताङ साक्षर घोषणा भएको थियो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ गते साक्षर घोषणा भएको मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend