शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसको एकै चुनावमा २ कीर्तिमान : सर्वाधिक मतसहित २२ वर्षीय रिता केन्द्रीय राजनीतिमा

कांग्रेसको एकै चुनावमा २ कीर्तिमान : सर्वाधिक मतसहित २२ वर्षीय रिता केन्द्रीय राजनीतिमा

  • मिडिया डबली
  • शनिवार, आश्विन २३ २०७८

  • 9.8K
    SHARES

  • कांग्रेसको एकै चुनावमा २ कीर्तिमान : सर्वाधिक मतसहित २२ वर्षीय रिता केन्द्रीय राजनीतिमा

    काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा युवाले एकपछि अर्काे ‘रेकर्ड’ बनाइरहेका बेला सुदूरपश्चिम प्रदेशको विकट बाजुरा जिल्लाबाट नयाँ कीर्तिमान बनेको छ ।

    यतिबेला पुरानो पुस्ताका नेताले खासै उपलब्धि गर्न नसकेका बेला कांग्रेस महाधिवेशनमा वडादेखि नै युवाले नेतृत्व लिएको देखिँदैछ ।

    बाजुरा जिल्लाको अधिवेशनबाट देशकै सबैभन्दा कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २२ वर्षीया रिता शाहीले चुनाव जितेकी छन् । सामाजिक अभियन्ताको रूपमा क्रियाशील शाहीले अत्यधिक ६०२ मतसहित विजयी भएकी छन् । उनी एकातिर सबैभन्दा कान्छी छिन् भने अर्काेतिर जिल्लामा सर्वाधिक मत ल्याउने कीर्तिमान पनि उनकै नाममा लेखिएको छ । उनले एकै चुनावमा २ कीर्तिमान बनाएकी छन् ।

    कोरोना भाइरस संक्रमणको महामारीका बेला बाजुरा जिल्लामा आएको विनाशकारी बाढीपहिरो पीडितका लागि देश तथा विदेशबाट सहयोग जुटाउँदै सहारा बनेकी शाही सक्रिय राजनीतिमा पनि होमिएकी छन् ।

    नेत्री शाहीले सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीपहिरोको क्षतिका बेला समेत राहत वितरण गरेकी थिइन् भने उनले सुर्खेतमा बस्ने राउते समुदायका युवतीमाथि दुव्र्यहार हुँदा समेत न्यायका लागि खबरदारी गरेकी थिइन् ।

    नर्सिङ बढेकी शाही पछिल्लो समय राजनीतिमार्फत गाउँ, समाज र देश बदल्न जरुरी रहेको भन्दै सक्रिय भएकी  छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend