शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नयाँ मन्त्री गजेन्द्र हमालले कसको कोटाबाट नियुक्ति पाए ? सरकारको यस्तो स्पष्ट जवाफ

नयाँ मन्त्री गजेन्द्र हमालले कसको कोटाबाट नियुक्ति पाए ? सरकारको यस्तो स्पष्ट जवाफ

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 4.5K
    SHARES

  • नयाँ मन्त्री गजेन्द्र हमालले कसको कोटाबाट नियुक्ति पाए ? सरकारको यस्तो स्पष्ट जवाफ

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्री गजेन्द्रबहादुर  हमाललाई  कांग्रेसको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको स्पष्टीकरण दिएका छन् ।

    शुक्रबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले हमाललाई कांग्रेसले मन्त्री बनाएको स्पष्ट पारेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर विभिन्न समाचार आइरहेका बेला सरकारले हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेका स्पष्ट पारेका छन् ।

    मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हमालको नियुक्तिबारे कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । 

    ‘मन्त्रिपरिषद् गठनसम्बन्धी विषयमा सम्प्रेषित भइरहेका समाचारहरुमा सत्यता छैन, उद्योग, वाणिज्यमन्त्री गजेन्द्र हमालले कांग्रेसको तर्फबाट जिम्मेवारी बहन गर्नुभएको हो,’ कार्कीले भने, ‘प्रधानन्यायाधीशसँग नाम जोडिएको कुरा निराधार हो ।’ 

    मन्त्री हमालले कांग्रेसमा लामो समय योगदान गरेको स्पष्टीकरण प्रधानमन्त्री देउवाले बैठकमा दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend