आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यसकारण बालुवाटारमा देउवासँग बटारिएका रहेछन् माधव नेपाल

यसकारण बालुवाटारमा देउवासँग बटारिएका रहेछन् माधव नेपाल

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 4.6K
    SHARES

  • यसकारण बालुवाटारमा देउवासँग बटारिएका रहेछन् माधव नेपाल

    काठमाडौं - अन्ततः पार्टी गठन भएको डेढ महिनामै नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल हुने भएको छ । सरकारमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाएको छ । 

    एमाले अध्यक्ष केपी ओली सत्ताबाट बहिर्गमन भएको डेढ महिनामै माधव नेपालको पार्टी सत्तायात्रामा सहभागी हुँदैछ । एमालेले केन्द्र र प्रदेशमा सरकारको नेतृत्व गुमाउने क्रम जारी छ तर त्यही एमाले विभाजन भई बनेको एकीकृत समाजवादी पार्टीले भने केन्द्र सरकारमा सहभागिता र प्रदेश सरकारमा नेतृत्व लिने अवसर पाउने भएको छ ।

    केन्द्र सरकारको मन्त्रालयको भागबन्डा टुंगो लगाउन बिहीबार बालुवाटारमा गठबन्धन दलको शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच घोचपेच चलेको थियो । 

    संघमा जम्मा चार मन्त्रालय मात्र दिइएको भन्दै उनी कड्किएका थिए । आफ्नो पार्टीले विकासे मन्त्रालय नपाएको भन्दै उनी उफ्रेपछि कांग्रेसले स्वास्थ्य मन्त्रालय गुमाएको छ । जसकारण कांग्रेसको इज्जत धानेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् ।

    माधव नेपाल कड्किएपछि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा सरकारको नेतृत्व गर्न दिन सकिने भन्दै थामथुमको प्रयास गरेका थिए ।

    प्रदेशमा सरकारको नेतृत्व पाउने आश्वासन पाएपछि उनी दंग देखिँदै बालुवाटारबाट बाहिरिएको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend