काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाजुरा जिल्लाको सभापति पदका लागि भएको निर्वाचनमा रामसिंह रावल विजयी भएका छन् ।
बिहीवार राति सार्वजनिक मतपरिणामअनुसार रावल ६०५ मत ल्याएर विजयी भएका छन् भने अर्का उम्मेदवार कविराज पण्डितले ५६६ मत मात्रै ल्याएर पराजय भोग्नुपरेको छ ।
निर्वाचन अधिकृत सन्तोष भण्डारीले कूल १ हजार १८२ मत खसेकोमा १ हजार १७१ मत सदर र ११ मत बदर भएको जानकारी दिए । पहिलो चरणको निर्वाचनमा विधानअनुसार परिणाम नआएपछि दोस्रो चरणको चुनाव गरिएको थियो ।
सभापतिमा विजयी रावल कांग्रेस नेता बद्री पाण्डेनिकट मानिन्छन् ।
बाजुरा जिल्ला कार्यसमितिको उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय विजयी भएका छन् ।
सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया चुनिएका छन् भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएका नेता योगेन्द्र रावलले बताएका छन् ।
कांग्रेसले हालसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेर नेतृत्व चयन गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।