शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कोरोना जोखिम कायमै रहँदा कांग्रेसले अकस्मात गर्‍यो यस्तो निर्णय

कोरोना जोखिम कायमै रहँदा कांग्रेसले अकस्मात गर्‍यो यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 3.3K
    SHARES

  • कोरोना जोखिम कायमै रहँदा कांग्रेसले अकस्मात गर्‍यो यस्तो निर्णय

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सत्तारुढ दल नेपाली कांग्रेसले दशैं, तिहार र छटका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

    कांग्रेसले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै कोजाग्रत पूर्णिमाका दिन आयोजना हुँदै आएको चियापान समारोह नगर्ने निर्णय सार्वजनिक गरेको छ ।

    विज्ञप्तिमा उल्लेख छ, ‘पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपिल गर्दछ ।’

    कांग्रेसको नेतृत्वमा रहेका वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend