काठमाडौं - नेपाली काँग्रेसभित्र मन्त्रीको नाम तय गर्ने सम्बन्धमा ठूलो लफडा भएको छ । बुधबार बालुवाटारमा बसेको कांग्रेस नेताहरूको अनौपचारिक छलफलमा मन्त्री र मन्त्रालयको विषयमा रडाको नै मच्चिएको छ ।
पौडेलले तीनवटा मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बैठक नै छाडेर हिँडेका थिए । कांग्रेसले ६ मन्त्रालय पाएको छ । जसमा देउवा पक्षले एकलौटी गरेको छ ।
बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का मन्त्री बनेका छन् । उमेश श्रेष्ठ राज्यमन्त्री बनेका छन् । अब पाउने तीन मन्त्रीमा पौडेल, सिटौला र कोइराला पक्षका एक–एकजना र एक राज्यमन्त्री आफ्नो पक्षको पार्ने देउवाको रणनीति छ ।
यदि उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीमा बढुवा भए भने पुष्पा भुसाललाई राज्यमन्त्री बनाउने तयारी छ । त्यसका लागि नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा पर्ने भनिएका उमाकान्त चौधरीलाई प्रधानमन्त्री देउवाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयतिर अघि सारेको बताइएको छ । तर, चौधरीले महिला मन्त्रालयमा नबस्ने चेतावनी दिएका छन् ।
यदि सो मन्त्रालयमा पुरुष मन्त्री नबनेमा पुष्पा भुसालको भाग्य चम्किने अड्कलबाजी गरिएको छ । यस्तै, पौडेल पक्षबाट मन्त्री बन्नेको नाम पनि देउवाले मागेका छन् ।
पौडेलले दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन चाहेका छन् । तर, नेतृ सुजाता कोइरालाले मन्त्रीमा दाबी गरेकी छन् । देउवाले पनि सुजातालाई ग्रिन सिग्नल दिएको बालुवाटार स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।