काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका ठूलै नेताले चुनाव हारेका छन् ।
पार्टीको केन्द्रीय राजनीतिमा भूमिका निर्वाह गरिसकेका पूर्व मन्त्री लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधि पदमा चुनाव हारेका छन् ।
रामेछाप जिल्लामा भएको अधिवेशनमा खुलातर्फ उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि घिमिरेले ४३० मत मात्रै पाउँदा पराजय भोग्नुपर्यो । अधिवेशनमा ५२१ मतसम्म ल्याउनेले जितेका छन् ।
पार्टीमा लामो समयदेखि राजनीति गरेका घिमिरे २०५३ सालमा कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव बनेर कार्यकारी भूमिकामा रहेका थिए । उनी कांग्रेस संसदीय दलका मुख्य सचेतक समेत बनिसकेका छन् ।
चुनावमा अर्जुन केसीले ७६० मत, भरत चौलागाईंले ७३१ मत, रामचन्द्र खड्काले ६८८ मत, ध्रुवहरि ढुंगेलले ६५२ मत, रत्नबहादुर कार्कीले ६२२ मत, युवराज भट्टराईले ५९९ मत, आङटावा शेर्पाले ५३४ मत, वीरबहादुर तामाङले ५३२ मत, रत्नहरि ढुंगेलले ५२८ मत र झपडराज भण्डारीले ५२१ मत ल्याएर जीत हात पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।