शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी बन्दैछन् देउवा सरकारमा नयाँ मन्त्री, कुन पार्टीबाट को–को ? (नामसहित)

यी बन्दैछन् देउवा सरकारमा नयाँ मन्त्री, कुन पार्टीबाट को–को ? (नामसहित)

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 7.0K
    SHARES

  • यी बन्दैछन् देउवा सरकारमा नयाँ मन्त्री, कुन पार्टीबाट को–को ? (नामसहित)

    काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन् ।

    प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलवार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भइसकेको छैन ।

    ‘मन्त्रालयको भागबण्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन ।’

    सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको स्रोतले बताएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले १–१ राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति बनेको छ ।

    सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । यसअघि कांग्रेसले गृह, कानुन र परराष्ट्र मन्त्रालय सम्हाल्दै आएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत कांग्रेसबाट राज्यमन्त्री रहेका छन् । अब कांग्रेसले रक्षा लिएर कानून मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएको छ । यद्यपि एकीकृत समाजवादीले रक्षा मन्त्रालयमा दाबी गर्दै आएको छ ।

    कानून मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की रक्षा वा सञ्चार मन्त्रालयमा सर्ने भएका छन् ।  

    कांग्रेसले पाउने बाँकी मन्त्रालयमा पुष्पा भुसाल, उमाकान्त चौधरीका साथै मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी, प्रमोद यादव मध्येबाट मन्त्री हुने भएका छन् । यसअघि कांग्रेसबाट आफूनिकट नेतालाई मात्र सरकारमा सहभागी गराएका देउवाले सचेतक भुसाललाई मन्त्री बनाउने स्रोतको दाबी रहेको छ ।

    पूर्व महामन्त्री सिटौला समूहबाट उमाकान्त मन्त्री बन्ने भएका छन् भने संस्थापन इतर पक्षले पाउने २ मन्त्रीमा रिजाल, बडू, चौधरी, केसी र यादवमध्येबाट सरकारमा सहभागी हुने भएका छन् ।  

    अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको माओवादी केन्द्रले अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरीबी निवारण र खानेपानी मन्त्रालय पाउने भएको छ । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिरहेका छन् ।

    बाँकी मन्त्रालयमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, अञ्जना बिसंखे र महेश्वर गहतराज मध्येबाट सरकारमा सहभागी गराउने माओवादीको तयारी रहेको छ ।  

    एकीकृत समाजवादी (एस) पार्टीले कानून, शहरी विकास, श्रम तथा रोजगार र संस्कृति तथा पर्यटन मन्त्रालय पाउने भएको छ । एस दलले रक्षा र भौतिकमध्ये एक मन्त्रालयमा समेत दाबी गर्दै आएको स्रोतले जानकारी दिएको छ ।

    एकीकृत समाजवादीले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, भवानी खातुङ, प्रेम आले र किसान श्रेष्ठ मध्येबाट सरकारमा सहभागी गराउने भएको छ । जीवनरामलाई सचेतकको जिम्मेवारी दिएको अवस्थामा प्रेम र किसानमध्येबाट एक जना मन्त्री बन्ने सम्भावना रहेको निकट स्रोतले जानकारी दिएको छ ।  

    जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ । राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको जसपाले मन्त्रीको नाम छान्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । गठबन्धनका दलहरुले बुधवार मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए बिहीवार घटस्थापनाका दिन वा शुक्रवार सरकारले पूर्णता पाउने स्रोतको दाबी गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend