शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

जिल्ला अधिवेशनमा मतगणनाअघि कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

जिल्ला अधिवेशनमा मतगणनाअघि कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 3.6K
    SHARES

  • जिल्ला अधिवेशनमा मतगणनाअघि कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा विवाद बढेर झडप भएको छ ।

    जिल्ला निर्वाचन समिति बाजुराका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मतपेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले घटनामा १ जना प्रहरी घाइते भएको बताएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको छ ।

    प्रहरीले वीरेन्द्र गिरी सहितका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए ।

    कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भएको छ । जिल्ला अधिवेशनमा कांग्रेसका १ हजार २१२ जना मतदाता रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend