शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारले गर्‍यो यी अध्यक्षलाई बर्खास्त

देउवा सरकारले गर्‍यो यी अध्यक्षलाई बर्खास्त

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 6.7K
    SHARES

  • देउवा सरकारले गर्‍यो यी अध्यक्षलाई बर्खास्त

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।

    आज मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गरेको हो ।

    यसअघि अर्थ मन्त्रालयको निर्णयबाट निलम्बनमा परेका ढुंगानालाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको हो । सरकारले ढुंगानाको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ ।

    सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानूनी प्रक्रिया पूरा गरेर नै ढुंगानालाई बर्खास्त गरेको स्रोतले जनाएको छ ।

    ढुंगाना बूक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका हुन् ।  बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा कम्पनीको शेयर खरिद गरेको तथ्य बाहिरिएपछि विवादित बनेका थिए ।

    ढुंगानासहित सर्वोत्तम शेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँद समेत मुछिएका हुन् तर साउँदले पदबाट राजीनामा दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend