शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारको मन्त्रिपरिषद्ले गर्‍यो यी ५ निर्णय

देउवा सरकारको मन्त्रिपरिषद्ले गर्‍यो यी ५ निर्णय

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 6.5K
    SHARES

  • देउवा सरकारको मन्त्रिपरिषद्ले गर्‍यो यी ५ निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    मंगलबार बालुवाटारमा बसेको बैठकले पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

    सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधीवक्ता डा. गोपीचन्द भट्टराइलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    ऋण असुली न्यायाधिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरिएको कार्कीले जनाएका छन् ।

    सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बूकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशहरूको बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता कार्कीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend