काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १० जिल्लाको अधिवेशनबाट जिल्ला सभापति लगायत कार्यसमिति चयन गरिएको छ ।
हालसम्म गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रामेछाप, संखुवासभा, हुम्ला, ताप्लेजुङ, कालिकोट र दोलखामा कांग्रेसको नेतृत्व चयन भएको छ ।
यी हुन् जिल्ला सभापतिहरू –
१) बर्मा लामा, दोलखा
२) अम्मबहादुर शाही, कालिकोट
३) नन्दप्रसाद न्यौपाने, गोरखा
४) दीपक खड्का, संखुवासभा
५) केशरमान रोका, रुकुम पूर्व
६) रोमी गौचन थकाली, मुस्ताङ
७) शंकर गुरुङ, मनाङ
८) मोहनविक्रम सिंह, हुम्ला
९) गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ
१०) पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।