काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोलखाको सभापतिमा बर्मा लामा विजयी भएका छन् ।
पहिलो चरणको निर्वाचनमा ४ जना उम्मेदवार रहेकोमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो ।
सोमबार भएको मतदानमा लामाले ८७७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत पाएका छन् । चुनावमा १ हजार ३७३ मत खसेको थियो ।
पहिलो चरणको चुनावमा लामाले ६४३ मत पाएका थिए भने खड्काले ३९७ मत पाएका थिए । दोस्रो चरणमा बाहिरिएका रुद्रबहादुर खड्काले ३५८ र केशवराज चौलागाईंले ९५ मत पाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।