काठमाडौं – बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा सर्वोच्च अदालतले आगामी कात्तिक १५ गते निर्णय सुनाउने आदेश गरेको छ ।
आज सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीले कात्तिक १५ गते निर्णय सुनाउने आदेश गरेका छन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
२०७६ माघ २९ गते दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिए पनि सुनुवाइ हुन सकेको थिएन । अब अदालतले फैसला नै सुनाउने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।