काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संखुवासभा जिल्ला भएको सभापति पदको चुनावमा दिपकबहादुर खड्का फराकिलो मतान्तरले विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो १ हजार बढी मतले पराजित गर्दै खड्का सभापति बनेका छन् ।
निर्वाचनमा कूल १ हजार ३५२ मत खसेकोमध्ये खड्का १ हजार १९८ मतका साथ विजयी भएका निर्वाचन समितिले जानकारी दिएको छ ।
सभापति निर्वाचित खड्कासँग प्रतिस्पर्धा गरेका राईबहादुर राईले ११० मत मात्रै पाएका छन् ।
विजयी खड्का पूर्व खानेपानी राज्यमन्त्री पनि हुन् । उनी संखुवासभाबाट निर्वाचित संविधानसभा सदस्य समेत रहेका छन् ।
यस्तो छ मतपरिणाम –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।