काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनबाट निलकाजी शाक्यको प्यानल नै विजयी भएको छ ।
आज आईतवार भएको निर्वाचनमा चर्चित युवा नेता गगनकुमार थापा पक्षका निलकाजी शाक्य सभापतिमा विजयी भएका छन् ।
शाक्यका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधाभन्दा कम मत मात्रै पाएका छन् ।
कार्यसमितिको उपसभापतिमा शाक्य प्यानलकै सुशिला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने विजयी भएका छन् ।
काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।