काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बझाङ जिल्लामा अधिवेशन गराउन खटिएका प्रमुख निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत भट्ट सम्पर्कविहीन भएपछि कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ ।
जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका भट्ट शनिवार रातिदेखि सम्पर्कविहीन भएपछि अधिवेशन अनिश्चित भएको जिल्ला सभापति हर्कजंग सिंहले जानकारी दिए ।
उनले भने, ‘मनोनयन दर्ता गरेर घर फर्किनुभएका निर्वाचन अधिकृत शनिवार रातिदेखि हाम्रो सम्पर्कमा हुनुहुन्न । अब उहाँ नै सम्पर्कविहीन भइसकेपछि जिल्ला अधिवेशन अनिश्चित बनेको छ । हामी सम्पर्क गर्ने प्रयास गरिरेहका छौं तर भइरहेको छैन ।’
१ नम्बर प्रदेशसभा क्षेत्रको अधिवेशनका विषयमा नेता जंगबहादुर सिंहले ‘हातखुट्टा भाँचिदिन्छु’ भनेर धम्काएको सुनेको जानकारी दिउँदै सिंहले सम्पर्कविहीन भएपछि स्थानीय प्रशासनलाई जानकारी गराइसकेको बताएका छन् ।
बझाङ जिल्लामा खडक बोहरा र रमेश भण्डारी सभापति पदका उम्मेदवार रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।