काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको चुनावका मतपेटिका खुलेका छन् ।
राष्ट्रियसभा गृहको भवनमा काठमाडौं महानगरको मतगणनाका लागि मतपेटिका खोलिएका छन् ।
काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आईतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान भएको हो ।
काठमाडौं महानगरमा सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्यानलसहित मैदानमा उत्रिएका छन् ।
संस्थापन पक्षबाट रञ्जित र संस्थापनइतर पक्षबाट शाक्यले प्रतिस्पर्धा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।