शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मनाङमा कांग्रेसले सफलतापूर्वक रच्यो यस्तो कीर्तिमान !

मनाङमा कांग्रेसले सफलतापूर्वक रच्यो यस्तो कीर्तिमान !

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 4.4K
    SHARES

  • मनाङमा कांग्रेसले सफलतापूर्वक रच्यो यस्तो कीर्तिमान !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएका अधिवेशनमा मनाङ जिल्लाले कीर्तिमान रचेको छ ।

    जिल्लास्तरीय अधिवेशन हुँदासम्म मनाङमा कतै पनि चुनाव भएन, सबै कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको कीर्तिमान बनेको छ ।

    मनाङको जिल्ला सभापतिमा शंकर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । मनाङमा वडा अधिवेशन अगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लगाइएको थियो । जसअनुसार शनिवार जिल्ला अधिवेशन भएको छ ।

    निर्वाचित गुरुङ सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको समेत जिल्ला सभापति रहेका थिए ।

    अधिवेशनबाट जिल्ला उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले चयन भएका छन् । कोषाध्यक्ष कर्माबहादुर गुरुङ बनेका छन् । सहसचिवमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएका जनाइएको छ ।

    मनाङबाट महाधिवेशन प्रतिनिधिमा सभापति शंकर गुरुङ, पूर्व सांसद पाल्टेन गुरुङ, पूर्व मन्त्री एवं निवर्तमान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

    यसअघि २ कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान जिल्ला सभापति तथा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताबीच छलफल गरी नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

    मनाङ जिल्लामा कुनै विवाद नभई सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागेको सचिव गुरुङले बताए । मनाङ कांग्रेसले पार्टीको १४औं महाधिवेशन सुरू हुनुभन्दा अगाडि नै वडादेखि जिल्लासम्म सर्वसम्मत रूपमा कार्यसमिति र प्रतिनिधि चयन गरेको कांग्रेस मनाङका निवर्तमान सभापति टेकबहादुर गुरुङले जानकारी दिए ।

    कांग्रेस भित्रको विवाद समाधानका विषयमा मनाङ यसअघि समेत उदाहरण बन्दै आएको गुरुङले बताए । मनाङमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा हालसम्म विवाद नभएको गुरुङले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend