शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा १ हप्ताको रस्साकस्सीपछि यी बने सर्वसम्मत सभापति

कांग्रेसमा १ हप्ताको रस्साकस्सीपछि यी बने सर्वसम्मत सभापति

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 3.6K
    SHARES

  • कांग्रेसमा १ हप्ताको रस्साकस्सीपछि यी बने सर्वसम्मत सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनकुटा नगरपालिकाको सभापतिमा नरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

    विगत १ हप्तादेखिको रस्साकस्सीबीच शनिबार श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

    कार्यसमितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सहसचिवमा ज्ञानेन्द्र बस्नेत र शारदा सन्तोषी राई निर्वाचित भएका छन् । 

    गत ९ गते नगर अधिवेशन उद्घाटन गरिएको थियो तर आकांक्षीबीच सहमति हुँन नसक्दा त्यो दिन नेतृत्व चयन प्रक्रिया स्थगित भएको थियो ।

    धनकुटा नगरका सबै वडाका सभापतिले मतदानबाट नभई सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भन्दै समय माग गरेका थिए । सोही अनुरूप लामो समयको रक्साकस्सीपछि सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    सभापतिका लागि श्रेष्ठसँगै अभिषेक कर्माचार्यले दाबी गरेका थिए । तर धनकुटा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई सभापति बनाउने सहमति जुटेको निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।

    ‘धनकुटा नगरपालिकाका सबै वडाका सभापतिे निर्णय नै गरेर सर्वसम्मत नेतृत्व चयनका लागि समय माग गरेका थिए,’ उनले भने, ‘सहमतिपछि निर्वाचन प्रक्रिया टुंग्याइयो ।’

    धनकुटा नगरबाहेक अन्य पालिकामा यसअघि नै नेतृत्व चयन टुंगिएको छ । सहमति जुट्न नसक्दा चौबिसे गाउँपालिकामा मतदान प्रक्रियाबाट पदाधिकारीको टुंगो लगाइएको थियो भने महालक्ष्मी नगरपालिकामा सभापति पदका लागि मतदान भएको थियो ।

    चौबिसेका सदस्यहरू र महालक्ष्मीका सभापतिबाहेक अन्य पदमा सहमति भएको थियो । वाँकी पालिकामा सहमतिकै आधारमा नेतृत्व चयन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend