काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका कार्यसमिति चयनका लागि भोलि आईतबार मतदान हुने भएको छ ।
महानगरपालिकाको अधिवेशन आज शनिबार उद्घाटन भए पनि नेतृत्व चयनका लागि भोलि आईतबार मतदान हुने भएको हो ।
निर्वाचन समितिले काठमाडौं महानगरको नेतृत्व चयनका लागि आईतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भएर नेतृत्वबारे भोलि नै अन्तिम फैसला हुनेछ ।
कांग्रेस काठमाडौं महानगर सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापनइतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा देखिएका छन् । प्रत्यासी रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरू ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोलको समर्थन छ ।
प्रत्यासी शाक्यलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगनकुमार थापा लगायतको समर्थन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।