धनकुटा, १६ असोज- नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि शनिबार बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सहसचिवमा ज्ञानेन्द्र बस्नेत र शारदासन्तोषी राई सर्वसम्मत भएका छन् । कोषाध्यक्ष पछि मनोनित गरिने जनाइएको छ ।
९ असोजदेखि सुरु भएको नगर अधिवेशनमा श्रेष्ठसहित उपसभाति भएका कर्माचार्यले दाबी गरेपछि सहमतिका लागि भन्दै पटक पटक कार्यतालिका परिवर्तन र स्थगित हुँदै आएको थियो ।
अन्तत: धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष समेत रहेका श्रेष्ठ सभापतिमा सर्वसम्मत भएको निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिए।
धनकुटाका अन्य स्थानीय तहमा यसअघि नै कांग्रेसले नेतृत्व चयन गरिसकेको छ । चौविसे गाउँपालिकामा पदाधिकारीको लागि र महालक्ष्मी नगरपालिकामा सभापतिको लागि निर्वाचन भएको थियो भने पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।