शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

काठमाडौंमा रातभर होला कांग्रेसको चुनाव ? सर्वत्र बढ्यो चासो

काठमाडौंमा रातभर होला कांग्रेसको चुनाव ? सर्वत्र बढ्यो चासो

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 2.9K
    SHARES

  • काठमाडौंमा रातभर होला कांग्रेसको चुनाव ? सर्वत्र बढ्यो चासो

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज शनिवार काठमाडौंमा नगर अधिवेशन सकिएको छ ।

    अधिवेशनको सकिएपनि उम्मेदवारी दर्ता, मतदान लगायत प्रक्रिया सुरु भएका छैनन् । 

    निर्वाचनको आवश्यक तयारी पूरा हुन नसक्दा समयमै चुनाव गर्न नसकिएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताएका छन् ।

    अधिवेशन सकिएपनि जनशक्ति अभावले समयमै मतदान प्रक्रियामा जान नसकिएको केसीले बताए । ‘हामीले अन्तिम तयारी सकेका छौं, अब केही समयमै मतदान प्रक्रिया सुरु हुन्छ,’ उनले भने । आजै निर्वाचन अगाडि बढाए रातभर मतदान गर्नुपर्नेछ ।

    केही प्रतिनिधिले भने साँझ भइसकेकाले निर्वाचन प्रक्रिया आजै राति गर्ने कि भोलि सार्नेमा बहस समेत गरिरहेका छन् ।

    काठमाडौं महानगरमा तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका निलकाजी शाक्य र प्रगतिमान रञ्जितले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

    काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष समेत रहेका शाक्य नेता प्रकाशमान सिंहनिकट मानिन्छन् भने रञ्जित नेता भीमसेनदास प्रधान निकट छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend