काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पार्टीले पहिलो जिल्ला सभापतिको रूपमा रोमी गौचन थकालीलाई पाएको छ ।
१४औं महाधिवेशनमा पहिलो जिल्ला सभापति हुने कीर्तिमान थकालीको नाममा लेखिएको छ ।
मुस्ताङ कांग्रेसको जिल्ला सभापतिमा थकाली सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शनिवार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चुनेको छ ।
थकाली सर्वसम्मत निर्वाचित भएपछि जिल्लाभर खुसीयाली छाएको छ । थकालीको विपक्षमा कसैले पनि उम्मेदवारी दिएनन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले मुस्ताङको जिल्ला अधिवेशनबाट पूर्व मन्त्री गौचन सर्वसम्मत सभापति चुनिएका जानकारी दिए । उनले भने, ‘१४औं महाधिवेशन अन्तर्गत उहाँ नै पहिलो जिल्ला सभापति बन्नुभयो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।