शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 16.0K
    SHARES

  • कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको चटारोबीच युवा र महिलाले एकपछि अर्काे कीर्तिमान बनाइरहेका छन् ।

    दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षिया स्वस्तिका महत चयन भएपछि देशभर उनको चर्चा भयो ।

    यसैबीच, गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी २० वर्षीया शोभा बस्ताकोटी असोज १२ गते भएको गोरखा क्षेत्र नम्बर १(२) को क्षेत्रीय अधिवेशनबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

    प्रदेश अधिवेशनसम्मको यात्रा तय गर्ने पहिलो कान्छी महिला बनेकी छन् शोभा । 

    नेत्री शोभा पार्टीले आयोजना गरेका हरेक कार्यक्रम र आन्दोलनमा सहभागी हुँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय रहेकी छन् ।

    नेविसंघ भीमसेन थापा गाउँपालिकाको उपाध्यक्ष हुँदै गोरखा जिल्ला सदस्य भएकी शोभाले युवाले नै अब पार्टी र देशको नेतृत्व गर्नुपर्ने बताउँदै प्रदेश प्रतिनिधि भएको बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend