धनगढी, १३ असोज- कैलाली क्षेत्र नम्बर–५ बाट ०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ ।
ओझा क्रियाशील सदस्य रहेको कैलाली–५ ‘ख’ अन्तर्गत धनगढी–५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको छ । तर सो सूचीमा अोझाको नाम भने छैन ।
०७४ सालमा सम्पन्न आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै ओझालाई कांग्रेसले कारवाही गरेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा कैलाली–५ बाट संघीय सांसदका लागि चुनावमा उठेकी थिइन् ।
उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । निर्वाचनमा अन्तरघात गरेको आरोपमा ओझासँगै कारवाहीमा परेका अन्य व्यक्तिको भने क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेस सचिव पूर्ण कुँवरले बताए ।
‘ओझासँगै कारवाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशील सदस्यता नवीकरण भएर आएको देखिएको छ,’ उनले भने, ‘पुष्करनाथ ओझाको सदस्यता भने नवीकरण भएको छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।