शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

    अर्घाखाँची, १३ असोज-  नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका पाँच स्थानीय तहमध्ये तीनमा सर्वसम्मत र दुईमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

    मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसमत नेतृत्व चयन गरिएको छ भने शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

    मालारानी गाउँपालिकाको सभापतिमा शोभाखर खनाल, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र पाणिनी गउँपालिकामा तुल्सी पौडेल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।

    शितगंगा नगरपालिकामा भने निर्वाचनमार्फत सभापतिमा मोहन पन्थी निर्वाचित भएका छन् । सन्धिखर्क नगरपालिकामा पनि मतदानमार्फत नेतृत्व चयन गरिएको हो ।

    नगर सभापतिमा लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend