शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बाजुरामा कांग्रेसले गर्‍यो कमाल, चौतर्फी खुसियाली !

बाजुरामा कांग्रेसले गर्‍यो कमाल, चौतर्फी खुसियाली !

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 13.0K
    SHARES

  • बाजुरामा कांग्रेसले गर्‍यो कमाल, चौतर्फी खुसियाली !

    बाजुरा, १३ असोज - नेपाली काग्रेस बाजुराको जारी पालिकाका अधिवेशनमा आठ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नौवटा स्थानीय तह रहेको बाजुरामा आठ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने एक पालिकामा मतदान भएको छ । 

    जिल्लाका स्वामीकार्तिक, हिमाली, जगन्नाथ, खप्तड छेडेदह, गौमुल गाउँपालिका, बुढीनन्दा, बुढीगंगा, बडिमालिका नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

    त्रिवेणी नगरपालिकामा मतदान भएको नेपाली काग्रेस बाजुराले जनाएको छ । सहमति हुन नसेकपछि सो पालिकामा मतदान प्रक्रिया भएको हो । शनिवारदेखि सुरु भएको अधिवेशन मंगलवार सम्पन्न भएको छ । आकांक्षी धेरै भएकाले सजिलै नेतृत्व चयन नहँुदा पालिका अधिवेशन लम्बिएको हो ।

    बुढीनन्दा नगरपालिका

    आइतबार सम्पन्न बुढीनन्दा नगरपालिको पालिका अधिवेशनमा डवलबहादुर खड्का सभापतिमा सर्वसम्मत चयन भएका छन् । डम्वर रोकाया र टेकबहादुर रोकाया उपसभापति, पान्सा कार्की कोषाध्यक्ष, नमराज मल्ल र नन्दलाल सार्की सचिव, रामचन्द्र कार्की र ललिचन्द्र भाट सहसचिव रहने गरी ५७ सदश्यीय नगर कार्यसमिति गठन भएको कार्यसमिति सदश्य शिवराज खड्काले जानकारी दिए । 

    जगन्नाथ गाउँपालिका  

    जगन्नाथ गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । सुन्दर विष्ट सभापति, काला विष्ट र सैना डँडाल उपसभापति, छक्कीलाल भण्डारी सचिव र नविन विष्ट सहसचिव रहने गरी गाउँ कार्य समिति गठन भएको नेपाली काग्रेसका नेता जयबहादुर रोकायाले जानकारी दिए । 

    बुढीगंगा नगरपालिका

    बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय सभापति बनेका छन् । उपसभापतिमा डम्वरसिंह र दयाराम खाती रहेका छन् भने मिनबहादुर रावल सचिव बने ।  

    गौमुल गाउँपालिका

    गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा सर्वसम्मत चयन भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा हर्क रावत सभापतिमा सर्वसम्मत चयन भए । पालिकास्तरीय अधिवेनमा रावत सभापति रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको जनाइएको छ ।

    खप्तड छेडेदह गाउँपालिका

    खप्तड छेडेदह गाउँपालिकामा हर्क रावत सभापतिमा सर्वसम्मत चयन भए । पालिकास्तरीय अधिवेनमा रावत सभापति रहने गरी ४२ सदस्यीय कार्यसमिति सर्व सम्मत चयन गरीएको छ ।

    हिमाली गाउँपालिका

    हिमाली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । पालिका साभापतिमा अम्मलाल कार्की निर्विराध निर्वाचित भएका छन् । वडाध्यक्षसमेत कार्कीको नेतृत्वमा ४२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ ।

    स्वामीकार्तिक खापर गाउँपालिका

    स्वामीकार्तिक खापर गाउँपालिकामा महेश कट्टेलको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा दिपु हमाल र देवराज गिरी, कोषाध्यक्षमा नरेन्द्र महतारा, सचिवमा उत्तम शाही र विर्जन विक, सहसचिवमा ध्रुव कैला र तपेन्द्र शाही चयन भएका छन् । 

    बडिमालिका नगरपालिका

    बडिमालिका नगरपालिकाको नगर सभापतिमा गोपाल कार्की निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा गोपाल कार्की, उपसभापति अविनास बडुवाल र श्रीचन्द पाध्याय, सचिवमा कर्ण थापा र नन्दलाल खड्का, सह सचिवमा धमेन्द्र साउँद र लाल बहादुर हमाल, कोषाध्यक्षमा दिलबहादुर सिंहसहित ५८ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरिएको नगर निर्वाचन आयोगले जनाएको छ ।  

    त्रिवेणी नगरपालिका  

    कांग्रेस त्रिवेणी नगरपालिकाको पालिका अधिवेशनमा रामचन्द्र पौडेल पक्ष विजयी भएको छ । पालिका सभापतिका लागि भएको मतदानमा पांैडेल पक्ष विजयी भएको हो । नगर कार्यसमिति सभापतिदेखि सबै पदाधिकारी पौडेल प्यानल विजयी भएको हो । 

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट गम्भिरसिं बुढा र वरीष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । 

    पौडेल पक्षका सुरेन्द्र गिरीले ८० मत ल्याएर विजयी हुँदा देउवा प्यानलका साउदले ६९ मत ल्यायर पराजय व्यहोरे । उपसचिवमा  टेकबहादुर साउद र सचिवमा गणेश साउद निर्वाचित भए । 

    प्रदेश अधिवेशन सुरु

    काग्रेस बाजुराको प्रदेश अधिवेशन बुधबारबाट सुरु भएको छ । बाजुरामा प्रदेश निर्वाचन क्षेत्र नम्बर क र प्रदेश निर्वाचन क्षेत्र ख गरी दुई वटा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि प्रदेश अधिवेशन सुरु भएको हो ।

    एक जना सभापतिका लागि चारजना आकांक्षा देखाएका छन् । वडाअध्यक्षदेखि जिल्ला समन्वय प्रमुखसम्म क्षेत्रीय सभापति बन्ने  दाउमा रहँदै यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । 

    वुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष रामबहादुर बोहोरा, काग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्याय, जिल्ला समन्वय समिति प्रमुख तथा सहसचिव नरेन्द्र रोकाया र नेता जयबहादुर अधिकारीले उम्मेवारी घोषणा गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend