शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस जितेको वडामा ४ वर्षपछि आगामी कात्तिक ७ गते पुनः मतगणना गरिँदै

कांग्रेस जितेको वडामा ४ वर्षपछि आगामी कात्तिक ७ गते पुनः मतगणना गरिँदै

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 3.9K
    SHARES

  • कांग्रेस जितेको वडामा ४ वर्षपछि आगामी कात्तिक ७ गते पुनः मतगणना गरिँदै

    काठमाडौं – स्थानीय तह निर्वाचन भएको ४ वर्षपछि आगामी कात्तिक ७ गते महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना  गरिने भएको छ ।

    उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गर्दै पुनः मतगणनाको फैसला गरेको छ ।

    वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले आदेश दिएको थियो, जसलाई सर्वाेच्च अदालतले सदर गरिदिएको छ ।

    अदालतको २०७५ असार २१ गतेको आदेशअनुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय तोकिएको छ । त्यहाँ २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचन भएको थियो ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायले ६७ मत ल्याएका थिए भने नेपाली कांग्रेसका अरुणकुमार चौधरीको समेत ६७ मत आएको थियो । दुवै जनाको ६७/६७ मत भएपछि गोलाप्रथाको माध्यमबाट अरुण चौधरीलाई वडाध्यक्ष निर्वाचित गरिएको थियो ।

    चुनाव हारेपछि उम्मेदवार रमेश रायले अदालतमा मुद्दा दिएका थिए । मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि अरुणकुमार चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend