शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी २१ जिल्लामा असोज १८ गते कांग्रेसको जिल्ला अधिवेशन, पढ्नुहोस् नामसहित

यी २१ जिल्लामा असोज १८ गते कांग्रेसको जिल्ला अधिवेशन, पढ्नुहोस् नामसहित

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 8.5K
    SHARES

  • यी २१ जिल्लामा असोज १८ गते कांग्रेसको जिल्ला अधिवेशन, पढ्नुहोस् नामसहित

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले असोज १८ गते २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । 

    कांग्रेसले २१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन गरिने जिल्लाको नाम सार्वजनिक गरेको छ ।

    निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको जानकारी दिए ।

    उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकाले दशैंअगाडि नै अधिवेशन गर्न लागिएको छ । ‘दशैंअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौं, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दशैंअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको छ, केही जिल्लामा १–२ दिन यताउता पनि होला,’ उनले भने ।

    गत असोज ७ गते बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दशैंअघि र पहाडी तथा तराईका जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा असोज १८ गतेभित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पूरा गरेर जिल्ला अधिवेशन गरिने भएको छ । रसुवामा वडा अधिवेशन नै हुन सकेको छैन ।

    कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिका तहका अधिवेशन पनि सम्पन्न गरिसकेका छन् । वडा अधिवेशन सकिएका काठमाडौं सहितका केही जिल्लामा पालिका अधिवेशन हुने प्रक्रियामा रहेको छ ।

    कांग्रेसले अझै १३ जिल्लामा वडा अधिवेशन कहिले गर्ने भन्ने टुंगो लगाउन सकेको छैन । आईतवार मात्रै कांग्रेसले पछिल्लोपटक वडा अधिवेशन गर्न बाँकी १३ मध्ये ५ जिल्लाको सदस्यता सार्वजनिक गरेको छ ।

    तर अझै २ नम्बर प्रदेशसहितका केही जिल्ला सदस्यता विवाद समाधान हुन बाँकी रहेको छ । ती जिल्लामा एकैपटक वडा अधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ । अधिकांश जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन हुँदै गर्दा कांग्रेसले जिल्ला अधिवेशनअघि प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्नुपर्ने छ ।

    त्यसपछि मात्रै जिल्ला अधिवेशन हुनेछन् तर हिमाली जिल्लामा धेरैजसो एउटै निर्वाचन क्षेत्र छ । कार्यतालिकाअनुसार असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा असोज १५ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा असोज १८ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तोकिएको छ ।

    दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि अनिवार्य हुनुपर्छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउने प्रावधान छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend