शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

मन्त्रिपरिषद् विस्तार गर्न देउवा सरकारले गर्दैछ बोल्ड निर्णय

मन्त्रिपरिषद् विस्तार गर्न देउवा सरकारले गर्दैछ बोल्ड निर्णय

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 5.9K
    SHARES

  • मन्त्रिपरिषद् विस्तार गर्न देउवा सरकारले गर्दैछ बोल्ड निर्णय

    काठमाडौं - सरकारले चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी थालेको छ ।

    माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी भइरहेको ब्रिफिङ गरेका छन् ।

    प्रचण्डको यो ब्रिफिङलाई पुष्टि गर्ने गरी कांग्रेसका एक नेताले आज बस्ने मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने र त्यसपछि अध्यादेश फिर्ता गर्ने निर्णय गर्ने तयारी भइरहेको बताए ।

    ‘संसद्बाट अध्यादेश विस्थापन या निष्क्रिय पार्ने सम्भावना छैन, अध्यादेश सक्रिय भएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भयो, त्यही भएर अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता लिने प्रक्रिया अघि बढेको छ,’ ती नेताले भने, ‘सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ला ।’

    सत्ता गठबन्धनका दुई दल जसपा र नेकपा (एकीकृत समाजवादी) ले सरकार विस्तारअघि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि नयाँ विकल्पका रूपमा अधिवेशन अन्त्यको गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।

    माओवादी केन्द्रका नेताहरूका अनुसार संसदमा अध्यादेश पेस गर्ने विकल्पमा छलफल भए पनि एमालेको निरन्तरको अवरोधका कारण अघि बढाउन नसकिने अवस्था भए समस्या पर्ने देखिएकाले मन्त्रिपरिषद्बाटै फिर्ताको प्रक्रिया अघि बढाउन नेताहरूबाट सुझाव आएको छ ।

    लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा निकै आलोचित बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend