शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसको चुनावमा पुरुषलाई हराएर पालिका सभापति बनेकी यी हुन् अब्बल महिला

कांग्रेसको चुनावमा पुरुषलाई हराएर पालिका सभापति बनेकी यी हुन् अब्बल महिला

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 18.6K
    SHARES

  • कांग्रेसको चुनावमा पुरुषलाई हराएर पालिका सभापति बनेकी यी हुन् अब्बल महिला

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उदाहरणीय परिणाम सार्वजनिक भइरहेका छन् । 

    सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सभापति पदका लागि भएको निर्वाचनमा पुरुषलाई पराजित गर्दै महिला गाउँपालिका सभापति बनेकी छन् ।

    गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष समेत रहेकी सिता केसीले पार्टीको चुनावमा प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेकी हुन् । केसी सभापति शेरबहादुर देउवा पक्षबाट र बिष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मैदानमा उत्रिएका थिए ।

    चुनावअघि केसीले बिष्टलाई फोन गरेर आफू महिला भएकाले सर्वसम्मत गरिदिन आग्रह गरेकी थिइन् तर बिष्टले नमानेपछि चुनाव भएको थियो ।

    चुनावमा केसीले ६१ मत ल्याउँदा बिष्ट ४२ मतमै सीमित भएका जनाइएको छ । आफू पार्टीको पालिकास्तरीय नेतृत्वमा आउँदासम्म परिवारबाट सहयोग पाइरहेको बताएकी छन् ।

    गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष रहेकी केसीले आसन्न स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षमा उम्मेदवार बन्ने इच्छा राखेकी छन् । त्यसअघि केसी पार्टीको पालिका नेतृत्वमा पुगिसकेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend