शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसमा कसैको देखिएन खास पकड, जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व

कांग्रेसमा कसैको देखिएन खास पकड, जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 4.8K
    SHARES

  • कांग्रेसमा कसैको देखिएन खास पकड, जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र झन्डै ६० जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको छ ।

    वडा र पालिका तहको अधिवेशनको नतिजा हेर्दा कसैले पनि बुरुक्क उफ्रिनु पर्ने कारण देखिएको छैन । वडा र पालिका तहको अधिवेशनमा मिश्रित परिणाम आइरहेको छ ।

    जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व देखिएको छ । संस्थापन र पौडेल पक्ष मात्रै होइन, अन्य नेताहरूको पकड पनि देखिएको छ । जस्तै, तनहुँमा रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले, नवलपरासीमा शशांक कोइराला, झापामा कृष्णप्रसाद सिटौला, नुवाकोटमा अर्जुन नरसिंह केसी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेतको राम्रै पकड देखिएको छ ।

    सभापति शेरबहादुर देउवाको डडेल्धुरामा बलियो पकड देखिए पनि जिल्ला कार्यसमिति नै विपक्षमा छ । उसले अधिवेशनलाई मान्यता नदिने चेतावनी दिइसकेको छ । देउवा पक्ष दाङ, रूपन्देही, ओखलढुंगामा बलियो देखिएको छ । नत्र अन्य जिल्लामा खासै पकड देखिएन ।

    अहिलेसम्म सभापतिमा दाबी प्रस्तुत गरेका उपसभापति विमलेन्द्र निधिको पकड भएका पालिका कहीँकतै देखिएन । हुन त प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता वितरणमा विवाद देखिएकाले त्यहाँ वडा तहको अधिवेशन नै हुन सकेको छैन ।

    त्यसैले पनि निधि पक्षका नेताहरू नदेखिएका हुन् । वडा र पालिका तहको नेतृत्वका साथै त्यहाँबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर जानेले नै कांग्रेसको केन्द्रीय महाधिवेशनमा प्रभाव पार्ने हुन् ।

    अब क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा कस्ता नेता आउँछन् त्यसले संस्थापन र पौडेल पक्षमध्ये को बलियो भन्ने निर्धारण गर्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend