शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

१४औं महाधिवेशनबाट कांग्रेसका बृद्ध नेता सबै बढारिने !

१४औं महाधिवेशनबाट कांग्रेसका बृद्ध नेता सबै बढारिने !

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 3.6K
    SHARES

  • १४औं महाधिवेशनबाट कांग्रेसका बृद्ध नेता सबै बढारिने !

    काठमाडौ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ ।

    शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन सुरु भएको हो । यसअघि ६४ जिल्लामा वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ ।

    क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा तहको अधिवेशन हुन सकेको छैन । शनिबार मात्र थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिएकाले अब आठ जिल्लामा मात्र विवाद बाँकी छ ।

    यसपटकको वडा र पालिका तहको अधिवेशनबाट युवा पुस्ता नेतृत्वमा पुगेको देखिएको छ । यस्तै, क्षेत्रीय प्रतिनिधिमा पनि धमाधम युवा छनोट हुन थालेपछि यसको सिधै प्रभाव केन्द्रीय महाधिवेशनमा पर्ने अनुमान लगाइएको छ । हजुरबा पुस्तालाई तल्ला तहमै नाति पुस्ताले पराजित गर्दै अघि बढेपछि १४औं महाधिवेशनबाट कांग्रेसमा युवा पुस्ताको बाहुल्यता र हस्तक्षेप बढ्ने अनुमान गर्न थालिएको हो । 

    अहिलेको वडा र पालिका तहको अधिवेशनले पाँच दशकदेखि कांग्रेसको नेतृत्वमा बसेर हालीमुहाली गर्दै आएका वृद्ध नेताहरूलाई चिन्तित तुल्याएको छ । वृद्ध नेताहरूकै कारण कांग्रेस संगठन बलियो नभएको, देश र जनताका लागि काम गर्न नसकेको टिप्पणी उठिरहेका बेला धमाधम युवा पुस्ता छनोट हुन थालेपछि कांग्रेसमा ऊर्जा सञ्चार भएको छ ।

    यसपटक कांग्रेस नेतृत्वमा युवाहरूले दाबी नगरे पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यमा युवाहरूले राम्रै चुनौती दिने देखिएको छ । कांग्रेसमा दोस्रो पुस्ताका सबै सभापतिका आकांक्षी देखिएका छन् ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विमलेन्द्र निधि, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, रामशरण महत, कल्याणकुमार गुरुङ सभापतिका आकांक्षी देखिएका छन् ।

    उपसभापतिमा पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, चन्द्र भण्डारी, सुनिलबहादुर थापा उठ्ने बताइएको छ । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, बालकृष्ण खाँण, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, मिनेन्द्र रिजाल उठ्ने चर्चा छ । सभापतिमा इच्छा देखाउने प्रायः १४औं महाधिवेशनबाटै विस्थापित हुने अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend