शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा दुःखद खबर : दुर्घटनामा यी प्रतिनिधिको मृत्यु

कांग्रेसमा दुःखद खबर : दुर्घटनामा यी प्रतिनिधिको मृत्यु

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 7.0K
    SHARES

  • कांग्रेसमा दुःखद खबर : दुर्घटनामा यी प्रतिनिधिको मृत्यु

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा १४औं महाधिवेशनको उल्लास रहेका बेला रामेछापमा कांग्रेसमा दुःखद घटना भएको छ ।

    गाउँ/नगर अधिवेशनका लागि काठमाडौंबाट रामेछाप जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च.१४४० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले बताएका छन् ।

    शनिबार साँझ सुनापति गाउँपालिका–४ बेथानस्थित पानीघाट सिरान जंगलमा गाडी दुर्घटना हुँदा कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानसहित ५ जना घाइते भएका छन् । उनले भने, ‘घाइतेमध्ये वर्ष ४६ की शारदा खत्रीको मृत्यु भएको खबर धुलिखेल अस्पतालले दिएको छ ।’

    खत्री हालै सुनापतिबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । उनी महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा रहेका बेला दुर्घटनामा परेकी छन् ।

    रामेछापको गाउँ/नगर अधिवेशन आईतबारका लागि तोकिएको र काठमाडौंबाट हिलेदेवीतर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, मेघबहादुर खत्री, जयप्रकाश गौतम र चालक रामकुमार लामा छन् । घाइते ४ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । धुलिखेल अस्पतालमा उपचार भइरहेको कांग्रेस रामेछापले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend