शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा लेखापढाको आकर्षण : पीएचडी गरिसकेका यी डा. गगनकुमार बने सभापति

कांग्रेसमा लेखापढाको आकर्षण : पीएचडी गरिसकेका यी डा. गगनकुमार बने सभापति

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 11.0K
    SHARES

  • कांग्रेसमा लेखापढाको आकर्षण : पीएचडी गरिसकेका यी डा. गगनकुमार बने सभापति

    काठमाडौं – नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसमा युवादेखि लेखापढाको आकर्षण देखिएको छ ।

    किशोरावस्थाका युवाले कांग्रेसको स्थानीय नेतृत्वमा पुगेका समाचार भाइरल बनिरहेका बेला पीएचडी गरिसकेका डा. कांग्रेसको बुथ सभापति बनेको खबर सार्वजनिक भएको छ ।

    कपिलवस्तु नगरपालिका–३ को बुथ सभापतिमा विद्यावारिधि (पीएचडी) गरिसकेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका हुन् । आज शुक्रवार वडाको सानो बर्गदवा विद्यालयमा भएको बुथ सभापतिको निर्वाचनमा सिंहले १ मतले पाका नेता निर्मलकुमार शर्मालाई हराउँदै बुथ सभापति जितेका छन् ।

    सभापति निर्वाचित गगनले कूल ७७ र प्रतिद्वन्द्वी शर्माले ७६ मत पाएका छन् । कूल २२५ मतमध्ये १६२ मत खसेको छ । निर्वाचनमा ७ मत बदर भएको निर्वाचन अधिकृत बिकास बन्जाडोले जानकारी दिए ।

    जापानको याकोहामा इन्टरनेसनल युनिभर्सिटीबाट २०१७ मा सेन्सर नेटवर्क विषयमा गगनले विद्यावारिधि गरेका हुन् । कपिलवस्तु नगरपालिका–३ बरन्डीहवाका गगनले आफूलाई जिताउन भाग्यसहित कडा मेहनत र रणनीतिले साथ दिएको बताएका छन् ।

    राजीनीतिमा रुचि राख्ने गगनले कांग्रेसलाई सुदृढ बनाउन र पार्टीमा जनताको एजेन्डा स्थापित गराउन नै आफू राजनीतिमा लागेको बताएका छन् । 

    तौलिहवाको गौढी चोकमा मार्ट पसल सञ्चालन गर्दै आएका गगनले पाटीकै विचारबाट देश चलिरहेको वर्तमान परिप्रेक्षमा पार्टीमै राम्रो एजेन्डा स्थापित नगरी देश राम्ररी चल्न नसक्ने समेत बताएका छन् । ‘कांग्रेसलाई मजबुद बनाउन र राम्रो एजेन्डा स्थापित गराउन भरपुर प्रयास गर्नेछु,’ गगनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend