काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोलि शनिबारका लागि तोकिएको काठमाडौं जिल्लाको नगर अधिवेशन सारिएको छ ।
भोलि असोज ९ गतेको लागि तोकिएको नगर अधिवेशन असोज १६ गते शनिबार हुने गरी सारिएको जिल्ला निर्वाचन समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
निर्वाचन समितिले १३८ वडामा असोज ५ गते अधिवेशन सम्पन्न गरी निर्वाचन प्रतिवेदन आउनेक्रम जारी रहेर प्रतिवेदनहरू आउन बाँकी नै रहेको तथा केही स्थानमा पुनः निर्वाचन गराउनुपर्ने अवस्था आएको जानकारी दिएको छ ।
समितिको विज्ञप्तिमा उल्लेख छ, ‘असोज ९ गते तोकिएको नगर अधिवेशनका लागि मतदाता नामावली तयार हुन नसकेको कारणबाट नगर अधिवशेन सम्पन्न गर्न कठिनाइ पर्न गएको हुँदा काठमाडौं जिल्लाभित्र रहेको महानगर/नगर अधिवेशन २०७८ असोज १६ गते शनिबारका लागि तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
यस्तो छ सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।