शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

सर्लाहीका कांग्रेस नेताको झगडा सानेपामा छताछुल्ल

सर्लाहीका कांग्रेस नेताको झगडा सानेपामा छताछुल्ल

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 2.8K
    SHARES

  • सर्लाहीका कांग्रेस नेताको झगडा सानेपामा छताछुल्ल

    काठमाडौं - नेपाली कांग्रेस सर्लाहीको क्रियाशील सदस्यता विवाद पार्टी मुख्यालय सानेपामा छताछुल्ल भएको छ ।

    कांग्रेस सर्लाहीमा अमेरशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीच इगोको लडाइँ चलेको छ । लामो समयदेखि कांग्रेस सर्लाहीको क्रियाशील विवाद टुंगो लाग्न नसकेको भन्दै धर्ना कार्यक्रम जारी छ ।

    यसैक्रममा मंगलबार दिउँसो प्रदेश २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि कुटपिट गरेको भन्दै अमरेश सिंह पक्षले धर्ना सुरु गरेको छ । 

    कुटपिटको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयजित धर्नामा कांग्रेस नेता डा.शेखर कोइरालाले समेत ऐक्यबद्धता जनाएका छन् ।

    बिहीबार दिउँसो सानेपा पुगेर कोइरालाले ऐक्यबद्धता जनाएका हुन् । अमरेश कोइराला समूह र वीरेन्द्र सिंह विमलेन्द्र निधि समूहमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend